भैरहवा । भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ९ लाख ८० हजार रुपैयाँ बराबरको तयारी कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ ।
भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले बिहीबार राति भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने रुपन्देहीको बनगाइ भन्ने ठाउँबाट लु १ ज ४४६२ नम्बरको पीक अप गाडी र चालकलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएको कपडा बच्चा, महिला र पुरुषको विभिन्न तयारी कपडा रहेको भन्सार स्रोतले जनाएको छ । बगौली नाका हुँदै नेपाल भित्र्याएको कपडा बुटवलको एक होटेलमा आफूलाई पुर्याउने जिम्मा पाएको चालकले प्रारम्भिक बयान दिएको कार्यालय स्रोतले जनाएको छ ।