काठमाडौँ । पदम लोहारको प्रस्तुतिमा ‘राजकुमार’ बोलको गीत सार्वजनिक भएको छ । पदमकै लेखन र सत्य~स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् ।
यस गीतलाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ किशोर थापाले गरेका छन् । वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ । जसलाई तोसित घरानीले निर्देशन गरेका हुन् ।
भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् । भिडियोलाई सत्य~स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो !







