काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना डोजर लगाएर हटाउन थालेको छ ।
फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरू बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।







