१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

अ+ अ-

वासिङ्टन । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेले भने, ‘युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।’

‘युक्रेनी जनताको पुनरुत्थानको लागि लामो बाटो छ र विकास साझेदारहरूले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न एक साथ आउन जारी राख्नुपर्छ ।

विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।

अमेरिकी संसद (कङ्ग्रेस)ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस