११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम १ माओवादीको भागमा परेको चर्चाले श्रममन्त्री तनावमा, कलम लिएर जनताबीच आउने घोषणा

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये १५ निर्वाचन क्षेत्रमा करिब सहमति भइसकेको छ । तर, अहिले सम्म अछाम १ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी कायमै राखेका छन् ।

भागबन्डामा अछाम १ माओवादीलाई दिने तयारी बुझेपछि नेकपा एसका नेताहरू असन्तुष्टि व्यक्त गर्न थालेका छन् । माओवादी उच्च स्रोतका अनुसार अछाम १ माओवादीको भागमा पर्ने सम्भावना छ । तर, नेकपा एकीकृत समाजवादीका नेताहरू भने उक्त क्षेत्र कुनै पनि अवस्था छोड्न नसकिने बताउँछन् । यसैबिच अछाम १ बाट गठबन्धनको उम्मेदवार बन्ने भनिएका हालका श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले आफू निर्वाचनमा होमिने घोषणा गरेका छन् ।

बन्द कोठा भित्र गरिएका षडयन्त्रको कुनै अर्थ नरहेको टिप्पणी गर्दै आफ्नो पार्टीको निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिने उनले सामाजिक सञ्जालमा लेखेका छन्।

‘कसैमा भ्रम नरहोस् १ निर्वाचनको हामी पूर्व सन्ध्यामा छौ’ उनले लेखेका छन्, ‘यसपालिको निर्वाचनमा कलम चिन्ह लिएर जनताको बिचमा आउने छु बन्द कोठा भित्र गरिएका षडयन्त्रको कुनै अर्थ छैन ।’

उनले अहिले सम्म उक्त क्षेत्रमा आफ्नो पार्टीको दाबी रहेको जनाए ।

‘अहिले सम्म त्यहाँको विषयमा केही नयाँ कुरा आएको छैन । हाम्रो त्यहाँ दाबी छ’, उनले नेपाल प्रेसलाई भने ‘त्यहाँ जित्ने हामी नै हो ।’

उनले मित्रवत् प्रतिस्पर्धा हुन सक्ने समेत सङ्केत गरेका छन् । उनले भने, ‘पहिले त्यहाँ माओवादीको दाबी थियो । अहिले आएर चर्चा सुनिन थालेको छ । मित्रवत् प्रतिस्पर्धा हुन पनि सक्छ यो अवस्थामा म तयार अवस्थामा छु ।’

सुदूरपश्चिम प्रदेशका १६ मध्ये अहिले सम्म बझाङ र डोटी नेकपा एकीकृत समाजवादीको भागमा परे पनि अछाम १ मा भने माओवादी र नेकपा एकीकृत समाजवादी दुवै दलले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस