८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्तीमा बज्यो आकस्मिक साइरन, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

अ+ अ-

काठमाडौँ । तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ।

योसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ। स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ।

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। शुक्रबार बिहान बिस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदेखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।

नदीको बहाव उच्च रूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे। प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे। साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरे।

राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानुमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्छन्।

बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। नेपालगन्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ। बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस