२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा १२ खेल सुरु हुँदै

अ+ अ-

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेल तालिका छ । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।

पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी मैदानमा आर्चरी, सफ्टटेनिस रङ्गशालाको टेनिसकोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।

यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाज घरमा टेबल टेनिस, पोखरा उद्योग बाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये पुरुष क्रिकेट, क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, टेनिसलगायत खेल यसअघि नै सुरु भएका छन् । फेन्सिङ खेलको सबै विधाका प्रतिस्पर्धा सकिएर नेपाली सेनाको टोली पाँच स्वर्ण पदकसहित च्याम्पियन बनेको छ ।

हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना पाँच स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्ष स्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको एपिएफले दुई स्वर्ण चार रजत र सात कास्य जितेको छ ।

सुदूरपश्चिम प्रदेश एक स्वर्ण र तीन कास्य, नेपाल प्रहरी एक स्वर्ण र एक कास्य, गण्डकी प्रदेश चार कास्य, प्रदेश नं १ तीन कास्य जित्दा कर्णाली, लुम्बिनी, मधेस प्रदेश र एनआरएनले पदकको खाता खोल्न सकेका छैनन् । गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङ बाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतका खेल सञ्चालन गरिएको हो ।

खेलकुदको कुम्भ मेला राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायत कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएन गरी ११ टोली सहभागी छन् । प्रतियोगितामा छ हजार एक सय ५७ खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन् ।