२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्र सङ्घका महासचिव आज भारत आउँदै

अ+ अ-

नयाँ दिल्ली । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतका आउने भएका छन् ।

सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसङ्घका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनेछन्।

उनले यसअघि सन् २०१८ को अक्टोबर १ देखि ४ सम्म आफ्नो पहिलो कार्यकालमा पनि भारतको भ्रमण गरेका थिए ।

गुटेर्रेसले मुम्बईको ताज महल प्यालेस होटलमा २६र११ को आतङ्कवादी हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो भारत भ्रमणको सुरुवात गर्नेछन् । उनले आइआइटी मुम्बईमा संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नेछन् ।

अक्टोबर २० मा गुजरात ९एकता नगर, केवडिया० मा गुटेर्रसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिनेछन् ।

सन् २०२१ को नोभेम्बरमा ग्लास्गोमा भएको कोप २६ मा भारतीय प्रधानमन्त्रीले वातावरण संरक्षणका लागि जीवनशैली पुस्तिकाको अवधारणा अघि सारेका थिए ।

प्रधानमन्त्री मोदीले त्यसपछि व्यक्ति र संस्थाहरूको विश्वव्यापी समुदायलाई वातावरण संरक्षण र संरक्षणको लागि ‘विवेकहीन र विनाशकारी उपभोगको सट्टा दिमागी र जानाजानी प्रयोग’को लागि अन्तर्राष्ट्रिय आन्दोलनको रूपमा प्रेरित गर्न आग्रह गरेका थिए ।

विदेश मन्त्री एस जयशङ्करले संयुक्त राष्ट्रसङ्घसँग विश्वव्यापी चासोका विषयहरु, संयुक्त राष्ट्रसङ्घसँग भारतको संलग्नतालाई प्रगाढ बनाउने कदम, जी–२० को आगामी अध्यक्षता र सुधारिएको बहुपक्षीयतालगायतका विषयमा द्विपक्षीय छलफल गर्नुहुने कार्यक्रम रहेको बुझिएको छ