२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यमले आयोग र मतदाताबिच सेतुको काम गर्नु पर्छः आयुक्त तुलाधर

अ+ अ-

सुदूरपश्चिम । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताएकी छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन् ।

तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताइन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन् ।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्’, आयुक्त डा तुलाधरले भनिन्, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।’ उनले निर्वाचनको समयमा आयोग र सञ्चारमाध्यमको सम्बन्ध नङ र मासुजस्तै हुने गरेको बताइन् ।

आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन् ।

आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको उनले जानकारी दिइन् ।

आयुक्त तुलाधरले निर्वाचनका चरणमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन पत्रकारसमक्ष आग्रह गरिन् ।

उनले निर्वाचन आचारसंहिता पालन सबैले गर्नुपर्ने र उल्लङ्घन भएका सही सूचना दिन पत्रकारलाई आग्रह गरिन् ।