२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नो नट अगेन’ अभियानको अर्थ छैन : प्रचण्ड

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दलको विकल्पको रूपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौँदेखि देशको राजकाज चलाइरहेका नेताहरूलाई नदोहोर्‍याउन अपिल गरेका छन् । 

उनले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताए ।

अध्यक्ष प्रचण्डले यस्ताहरूले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप समेत लगाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटघाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार बिहान जनसमुदायलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन, पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवर्तनमा असाधारण भूमिका खेले उनीहरूलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । मैले हेर्दाखेरि यो झण्डै झण्डै पानीको फोका जस्तो हो।’ 

गोरखाको प्रतिनिधिसभा-२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् ।