२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका

अ+ अ-

पत्रकार भनेको एक अखबारको सम्पादक वा लेखक हो भने पत्रकारिता भनेको पत्रकारको काम, समाचार सिक्ने, समाचार भेला गर्ने सम्झनु पर्दछ । यसरी पत्रकारिता भन्नाले सत्य तथ्य घटनाहरूमा आधारित रही विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुग्छ । सञ्चारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै सामु पुर्‍याउन सकिन्छ ।

पत्रकारिता राज्यको चौथो महत्त्वपूर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अङ्गको रूपमा राखिएको छ ।  सञ्चार भन्ने शब्दमा आम अर्थात् अंग्रेजीको कम्युनिकेसनमा मास जोडिएर आमसञ्चार बनेको हो। ‘आम’को अर्थ धेरै भन्ने हुन्छ । अङ्ग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ । जहाँ असङ्ख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ। तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरु भएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स, सामाजिक सञ्जाल आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ।

अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत पर्‍यो भने त्यसपछिका नयाँ प्रविधिहरू विकसित आमसञ्चारका माध्यम अन्तर्गत पर्दछन् । एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ । निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो । कुनै विचार, भावना, सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पुर्‍याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ । आमसञ्चारको उद्देश्य भनेको कुनै विचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्‍याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन् ।

आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ । नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन् । सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बिच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एक अर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ। यसर्थ एक-अर्का बीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । विकास र सुशासनका लागि त्राण अथवा अक्सिजन पनि हो । तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो । त्यसपछि मुद्रण युगको आरम्भ भयो ।

लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो । परापूर्व कालदेखि आज पनि सार्वजनिक वा महत्त्वका सूचनाहरू सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ । मुख्यत: छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको मानिन्छ ।

विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछि मात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतमा भन्दा झन्डै तीन सय वर्ष पछाडि मात्र नेपालमा छापाखानाले प्रवेश गरेको देखिन्छ । भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८(सन्१८५१)मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्कँदा फलामे हाते प्रेस ल्याए पछि मात्र विधिवत् रूपले प्रवेश पायो । यसैलाई गिद्धे प्रेस भनिन्छ । गिद्धको जस्तो पखेटा र सो अङ्कित लोगो भएकोले गिद्धे प्रेस भनिँदै आएको हो । फेरी पनि छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ ।

यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना”। गिद्धे प्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याइएको थियो । यसरी सुरु भएको नेपाली मुद्रण कार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतीराम भट्टद्वारा भएको मानिएको छ । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० मा सुधा सागरको प्रकाशन गर्ने प्रयत्न भयो । यसैबिच उनको १९५२ मा निधन भए पनि पण्डित नरराजहरूले १९५५ मा सुधा सागर प्रकाशित गरे गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यस अघि वि.सं. १९४२ मा“गोर्खा भारत जीवन” नामको पत्रिका मोतीराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकास क्रम भएको देखिन्छ । यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ ।

नेपालमा जङ्गबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ। “सुधा सागर”पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो । यो सन् १९०१ मा प्रकाशित भएको थियो । विक्रम सम्मत १९०८ मा जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्धे प्रेस नै नेपालमा पहिलो छापाखाना मानिन्छ। यो छापाखाना धेरै वर्ष पछि मात्र प्रयोगमा आएको थियो । यो छापाखाना स्थापना भएपछि नेपालको मुद्रण क्षेत्रमा क्रान्ति आएको मानिन्छ ।

नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठुलो क्रान्ति ल्याएको पाइन्छ । विक्रम सम्मत २००७ को क्रान्तिका समयमा नारदमुनि थुलुङको नेतृत्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रसारण भएको थियो । पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो । तारिणीप्रसाद कोइरालाले नेतृत्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो । प्रजातन्त्रको स्थापना पश्चात् वि.सं. २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौँबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ । सुरूमा सर्ट वेभमा प्रसारण सुरु गरेको रेडियो नेपालले अहिले मिडियम वेभ र एफ एमबाट प्रसारण गर्ने गर्दछ। त्यस बाहेक देशभर करिव ३०० वटा एफ एम रेडियो स्टेसनहरू सञ्चालनमा रहेका छन् ।

नेपालको टेलिभिजनको इतिहासमा वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भई पहिलो टेलिभिजनको रूपमा सञ्चालित छ । यो सँगै हाल करिव ११७ च्यानल रहेको पार्इन्छ । यसै गरी नेपालमा धेरै अनलाइन पत्रकारिता पनि सञ्चालनमा रहेका छन्। प्रारम्भमा सीएनएन, बिबिसी तथा अन्तराष्टि सञ्चारमाध्यमहरू धेरै अगाडि नै अनलाइन संस्करणमा गएता पनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिँदैन । १९९३ वाट अनलाइन पत्रकारिताको विकासले तीव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाइन पत्रकारिताको प्रारम्भ भइसकेको थियो । नेपालमा अनलाइन पत्रकारिताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ । उसले सन् १९९५ मा साउथ-एसिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो। अहिले अनलाइनहरू करिव २४७३ भन्दा धेरै नै भइसकेका छन् ।

सेतोपाटी डटकम र पहिलोपोष्ट डटकमले अनलाइन पत्रकारितामा नयाँ धार सुरु गरेका हुन्। आफै रिपोर्टर राख्ने देखि बाइलाइन राखेर समाचार लेख्ने काम यी अनलाइनले सुरु गरेका हुन् । इकान्तिपुर, नागरिकन्यूज, अनलाईनखबर, रातोपाटी, प्रशासन डटकमलगायतका करिव २४७३ भन्दा धेरै अनलाइनहरू सञ्चालनमा रहेका छन् । बिटमा आधारित रहेर अनलाइन सञ्चालन गर्ने लहर समेत नेपालमा चलेको छ । पछिल्लो समय विशेष गरी आर्थिक बिटका राम्रा अनलाइन समेत सञ्चालनमा आएका छन् । नेपालको आर्थिक अनलाइन न्युज पोर्टलमा बिजशाला डटकमले नयाँ धारको सुरुवात गरेको मानिन्छ । यस्तै, महिलाहरूको मात्र समाचार प्रकाशन गर्ने फरक उद्देश्य राखेर नेपालबाटै पछिल्लो समय नेप्लिज वुमन डटकम नामको अनलाइन पोर्टल समेत प्रकाशन भएको छ । त्यसैगरी जलश्रोतलाई प्राथमिकतामा राख्दै, खानेपानी, सिँचाई र जलविद्युतको क्षेत्रलाई आफ्नो मुख्य विषय बनाउँदै जल सरोकार डटकमले विकास पत्रकारिताको फरक सुरुवात गरेको पाइन्छ ।

यसैगरी नेपालमा हाल नेपाली ब्लग साइटहरू पनि धेरै खोलिएको पाइन्छ । नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य रहेको छ । कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन् । त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन् । यद्यपि ब्लग समाचार साइट होइन । ब्लग व्यक्तिले आफ्नो दैनिकी लेखेर वेबमा प्रकाशित गर्ने पद्धति हो । ब्लगलाई सरल भाषामा भन्दा वेब-लग शब्दबाट ब्लग बनेको हो । विभिन्न सञ्चारकर्मी, भाषाकर्मी आदिले ब्लग सञ्चालन गरेका छन् । जस्तै डब्लूडब्लुडब्लु डट त्रिपाठी डट कम डट एनपी पनि ब्लक साइट हो ।

मिडियािलाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुन्छ । तर मिडिया समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य उद्देश्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चार माध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ ।

मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ  । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने विषय हो । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा मानव जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । 

मिडिया अर्थात् सञ्चार माध्यम र समाज एकअर्कासंग अन्तर सम्बन्धित भए पनि यिनीहरूको बिचमा तात्त्विक भिन्नता भने पाइन्छ । समाजविना सञ्चार र सञ्चारबिना सार्थक समाजको परिकल्पना २१ औँ शताब्दीमा असम्भव जस्तै हो । परम्परागत मान्यताका आधारमा सञ्चार भनेको विचारको आदानप्रदान हो । विचार र सूचना फरक विषय हो । विचार कुनै अमुक व्यक्तिको धारणा हो भने सूचना सबैका लागि हो । जसको सदुपयोग आवश्यकतामा निर्भर रहन्छ ।

सूचनाको प्रवाह हुने माध्यम भनेको मिडिया मार्फत हो । प्रविधिको तीव्र विकास भइरहेको पछिल्लो समयमा छापा माध्यम वा इलेकट्रोनिक माध्यमबाट सन्देशको प्रवाह गरिन्छ । यसलाई आमसञ्चारको माध्यम पनि भन्ने गरिन्छ । वरिष्ठ सञ्चारबिद डेनिस मक्वाइलका अनुसार, “आम सञ्चारका माध्यम भन्ने शब्दावलीले छोटो समयमा लामो दूरीसम्म तथा धेरै प्रापकहरू सँग सञ्चार गर्न सकिने सङ्गठित साधनहरूलाई बुझाउँदछ” भनेका छन् । मिडिया विभिन्न प्रकारका रहेका छन् ।

छापा माध्यम, विद्युतीय माध्यम, रेडियो, टेलिभिजन, अनलाइन, मिडियाका प्रकार फरक भए पनि प्रत्येकको उद्देश्यमा एकरूपमा पाइन्छ । सञ्चार माध्यम वा मिडियाको कार्य भनेको समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु हो । मिडिया लोकतान्त्रिक समाजको पहरेदारको रूपमा रहेको हुन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दी बिनाको प्रहरीको रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन गलत पात्र र प्रवृत्ति विरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ । मिडियाले समाजका समस्या उद्घाटित मात्रै होइन न्यायका लागि मार्ग प्रशस्त समेत गर्दछ ।  रेखाचित्रबाट हेर्दा मिडिया र समाज बिचको सम्बन्धलाई धेरै कोणबाट हेर्न सकिन्छ ।

समाज भनेको निश्चित क्षेत्रभित्र निश्चित मूल्य मान्यतासहित बनेको मानव सम्बन्धको जालो हो । मानिस सामाजिक र चेतनशील प्राणी भएकाले सधैँ नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । मानिसको यही उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । 

एक्युरेसी अर्थात् वास्तविक सत्य, ब्यालेन्स अर्थात् सन्तुलन र क्रेडिटिबिलिटी अर्थात् विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीन वटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्त्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हुँदैन । कुनै पनि सूचना वा समाचारमा यी तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । जुन सूचनाको विश्वसनीयतामा शङ्का गर्ने प्रशस्त आधार हुन्छ ।  समाजमा नयाँ र ताजा घटनाहरू पस्कनुका साथै समाजमा घटिरहेका कुरीति, हिंसा, अपराधका विरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । राज्य र जनता बिचको पुल (सम्बन्ध)मिडियाले निभाइरहेको हुन्छ ।

सञ्चार वा मिडियाकै माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको पार्इन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनैतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ । समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाज प्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हाबी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउँमा न्यायमा सबै क्षेत्र तह र तप्काको समान पहुँच हुन सक्दैन । मिडियाले समाजका समस्याहरू जस्ताको त्यस्तै दर्साउने भएकोले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । आज मानिसहरू जब मिडिया मार्फतको सूचनामा निर्भर छन् । तब यसको क्षमतामा पनि वृद्धि हुनु स्वभाविक हो । तर मिडिया राजनीतिग्रस्त हुनु, मिडिया मार्केट फोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण मिडियाले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत गरिदिँदा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ ।

सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्त्व स्थापित गर्न सकिन्छ । समाजलाई पीत पत्रकारिताबाट होर्इन यथार्थताबाट समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै पत्रकार एवं सञ्चारकर्मीले बिर्सिनु हुँदैन । नेपालको  वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका श्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ ।  हरेक व्यक्ति आफैँमा सूचनाको श्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरूको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने? भन्ने प्रश्नको उत्तर पाउन कठिन छ । मूलतः समाजमा मिडियाका दुई आयाम रहेका छन् ।

एउटा पेसा र अर्को व्यवसाय । तर यसको प्रमुख कार्य जनसमुदायको सेवा गर्नु नै हुनु पर्दछ । मिडिया आफैमा एउटा व्यवसाय भएकाले यसले पनि नाफा कमाउनु पर्दछ, अन्यथा यो बजारमा टिक्न सक्दैन । तर अर्का तिर यसको विकास नै जनतालाई सुसूचित पार्नु हो । यदि सूचनाको प्रवाह गर्ने आफ्नो दायित्व मिडियाले पुरा गर्न सकेन भने यसको औचित्य माथि प्रश्न चिन्ह खडा हुनेछ । समाजको पहरेदार गर्न विकास भएका मिडियाले समाजको अहित हुने कुरा गर्नु हुँदैन । चाहे लाखौँको फाइदाको कुरा किन नहोस । उदाहरणका लागी,  बियर, रक्सीको विज्ञापन दिँदा मिडियालाई आर्थिक लाभ त हुन्छ, तर त्यसबाट समाजलाई अहित हुने गर्दछ । त्यसैले मिडियाले त्यस्ता कुराको प्रचारप्रसार गर्न विशेष ध्यान दिनु पर्दछ । 

तर, समाजमा टिक्न, समाजमा बिक्न अनि समाजमा विश्वास कायम गर्न मिडिया समाज प्रति उत्तरदायी बन्नै पर्छ । अन्यथा मिडिया जनताको आवाज होइन, प्रोपागान्डा साबित हुन्छ । त्यसैले सत्य,तथ्य र वास्तविक सूचना प्रवाह नै मिडिया वा सञ्चार माध्यमको धर्म हो । आफ्नो यो आधारभूत मान्यताबाट सञ्चार माध्यम चिप्लियो भने समाजको पहरेदारको भूमिकामा त्यो मिडिया हुन सक्दैन । अझ लोकतान्त्रिक शासनव्यवस्था भएका मुलुकमा न्याय, सुशासन र सम्वृद्धिका लागि त मिडियाको ठुलो भूमिका हुने गर्दछ । नेपाली समाज बहुलवादी छ ।

संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । मुलुकमा प्रेस स्वतन्त्रता छ । सही सूचनाको सम्प्रेषण नहुँदा एउटा सानो गलत सूचनाले एक छिनमा ठुलो रूप लिन सक्छ । त्यो एक गलत सूचनाले कतिपयको व्यक्तिगत वा सामाजिक, संस्थागत जीवन चरित्र नै समाप्त हुनसक्छ । यसका लागि मिडियामा नकारात्मक कुराहरू फैलाउने प्रक्रिया रोक्नको लागी राज्यले बलियो संयन्त्र निर्माण गर्नुपर्छ र मिडियाहरूबाट पनि राज्यलाई सकारात्मक सहयोग गर्नु पर्दछ । 

राजनीतिक सङ्कीर्णता, अस्तव्यस्तता, अराजकता, निहित स्वार्थजस्ता कारणले मिडिया क्षेत्र दलदलमा भासिएको छ । तथापि सबै मिडिया वा सञ्चार माध्यम गलत बाटोमा छन् भन्ने होइन । सकारात्मक समाचारलाई प्राथमिकता दिए मात्र सभ्य समाजको निर्माणमा सञ्चार माध्यमले टेवा पुर्‍याउन सक्छ । पछिल्लो समयमा हरेक नागरिक जसको इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच छ, यस्ता समाचारहरू सेयर गर्नु भन्दा पहिला धेरै आयामबाट सोच्न जरुरी पनि छ । पहिलो विषय समाचारमा सत्यता हुँदाहुँदै ’निष्पक्षता’ छ की छैन ? त्यो पक्ष केलाउन जरुरी छ । दोस्रो समाचारको उद्देश्य सामाजिक मेलमिलापमा आधारित छ या सामाजिक बेमेलमा आधारित छ भन्ने सोचेर सेयर वा ’सिफारिस’ गर्ने निर्णय गर्नुपर्छ ।

कतिपय समाचारले समाज बनाउने भन्दा पनि भाँड्ने तत्त्व हाबी वा नियोजित रूपमा ‘पीत’ पत्रकारिताका रूपमा त्यो देखिन्छ । हाम्रो समाजमा धेरै विचारहरूको घुलमिल छ । सबैलाई आफ्नो विचारको, अस्तित्वको रक्षा गर्ने व्यक्तिगत चुनौती पनि छ । तर, आफ्नो विचारको अस्तित्व कायम राख्नको लागि नकारात्मक कुराहरू भ्रम, सङ्कीर्णता आदिको सहारा लिनु राम्रो होइन । सत्यता, सहनशीलता जस्ता विषयलाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्त्व स्थापित गर्न सकिन्छ । मुलुकमा व्याप्त अस्तव्यस्त, दण्डहीनता, मानवअधिकारको रक्षा सुशासन, कर्तव्य र अधिकारको बोध मिडियाले नै गर्ने हो । लोकतन्त्रमा सही सूचना पाउनु पनि नागरिकको अधिकार हो । त्यसैले आमसञ्चारका माध्यम नागरिकहरूको सूचनाका स्रोत हुन् । पछिल्लो समय सामाजिक सञ्जाल पनि सूचनाका राम्रो माध्यम बनेका छन् । सही सूचना नै  सञ्चार माध्यमको प्रमुख व्यापार हो । सेवा भनिए पनि सञ्चार माध्यमले बिक्री गर्ने त्यही सूचना हो ।

नागरिकहरू सूचनाका उपभोक्ता हुन् । सूचना खरिद गरेर नागरिकहरू लाभान्वित हुन्छन् । सूचना बेचेर सञ्चार माध्यम चल्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल सबैबाट पाउने सूचनाका लागि नागरिकहरूले पैसा तिर्नुपर्छ । विधाअनुसार पैसा तिर्ने तरिका र माध्यम फरक हुन सक्छन् । त्यसैले मिडियाले दिने सूचना कस्तो हुने,त्यसले समाजमा पार्ने प्रभाव वा असर कस्तो हुन सोच्न जरुरी छ । 

अन्त्यमा, मानिसको उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । त्यसैले वास्तविक वा सत्यता, सन्तुलन र विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमहरूले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीन वटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्त्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हुँदैन ।

कुनै पनि सूचना वा समाचारमा यी तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । त्यसैले सञ्चार माध्यमबाट प्रसारित सूचनाहरूलाई असल पत्रकार एवं सञ्चारकर्मीहरूले आफ्नो धर्म, कर्तव्य, दायित्व र मर्मलाई ध्यान दिएमा मिडियाको गरिमा बढ्ने, समाजलाई सही मार्गमा लैजान सकिने, पीत पत्रकारिता निर्मूल हुने, कुरीति, कुसंस्कार हट्ने, सेवा प्रवाहमा सुशासन र पारदर्शिता कायम भई भ्रष्ट्राचार नियन्त्रण हुने, सुसभ्य र परिष्कृत समाज निर्माण गरी आमसञ्चारका माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण भई समुन्नत समाजबाट समृद्ध नेपाल बनाउनेमा विश्वास गर्न सकिन्छ ।

(लेखक: बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)