१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउँदा भारत सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा भइरहेको आइसिसी टी-२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दा भारत अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । भारतले अन्तिम खेल जिम्बावेसँग आइतबारै खेल्दै छ ।

नेदरल्याण्ड्सलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने थियो । राम्रो सुरुवात गरे पनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बङ्गलादेशलाई पनि राहत भएको छ । आइतबारै हुने यी दुई एसियन राष्ट्रबिचको विजेता टिम पनि सेमिफाइनल प्रवेश गर्नेछ । ग्रुप २ मा भारतको ४ खेलबाट ६ अङ्क छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बङ्गलादेशको समान ४ अङ्क छ ।

सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका चौथो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आइसिसीको ठुला प्रतियोगितामा दक्षिण अफ्रिका अभागी बन्दै आएको छ भने यस पटक पनि त्यो शृङ्खलाले निरन्तरता पायो । नेदरल्याण्ड्सले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

एडेलेइड ओभरमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राईले रुसोले बनाएको २५ रन नै व्यक्तिगत उच्च रह्यो । हेनरिक क्लासेनले २१ र कप्तान तुम्बा बभुमाले २० रन जोडे ।

दक्षिण अफ्रिकालाई जितबाट रोक्न दक्षिण अफ्रिकामै जन्मेर हाल नेदरल्याण्ड्सका लागि खेलेका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । उनले २ ओभरमा ९ रन मात्र खर्चे । फ्रेड क्लासेन र बास डे लिडले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन अकरमाले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । स्टेफन माइवर्गले ३७, टम कुपरले ३५ र म्याक्स ओ डाउडले २९ रन बनाए । दषिण अफ्रिकाका केसव महाराजले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस