२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्युटीकै क्रममा प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु

अ+ अ-

काठमाडौँ । नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । 

मंगलबार नेपालगञ्ज विमानस्थलको भिआइपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौँ फर्किँदै थिए ।

यहीबीचमा भिआइपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भिआइपी कक्ष बाहिर ढले । तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । 

भण्डारी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी दिए । उनको शव अहिले नेपालगन्ज नर्सिङ होममा राखिएको छ । परिवारको आग्रहमा दाहसंस्कारका लागि शव काठमाडौँ ल्याउन लागिएको छ । उनी बैतडीका स्थानीय हुन् ।