२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारीले करोडका करोड कसरी कमाउँछन् होला ? 

अ+ अ-

अहिलेको दशैँमा पानी परेर गाउँ आएकाहरू जान नपाए पछि अलि धेरै घुलमिल हुन पाइयो । अघि पछि गाउँ घर इस्ट मित्र बा आमा छन् भन्ने समेत थाहा नभएकाहरू दशैँमा र विपतमा गाउँ नै भरिलो बनाउने गरी आउने गर्छन् । अनि सुनो बनाएर फर्किन्छन् । रोजगारी, व्यवसाय, बाल बच्चा पढाउनको लागि गाउँ छोड्दा, गाउँ शून्य प्राय छ । बिरामी हुँदा र मर्दा पर्दा युवा नदेखिने गाउँ दशैँ र चुनावमा भने भरिभराउ नै हुने गरेको छ । 

दशैँमा घर आएकाहरू मध्ये १-२ जना छिमेकका दाइ, अङ्कलहरू भने अहिले उच्च पदमा हुँदै काठमाडौँ र सहरका रैथाने बनेका छन् । यिनीहरू भने वर्षमा १-२ दिन मात्रै घरमा आउने गर्छन् । उनीहरू गाउँमा आउँदा भने कम्ता शानले आउँदैनन् । सरकारी गाडी ड्राइभर, सहयोगी लगायत १-२ जना आसेपासे सहित भित्रिन्छन् । अनि गाउँको विकास नभएको भन्दै यहाँका नेता र बसेकाहरू यहाँ किन बसेका छौ यहाँ बसेर केही हुँदैन भन्दै सिद्धान्त र आदर्श छाडेर विलीन हुन्छन् । 

रोजगारीको लागि विदेश गएका र विदेशको कमाई सँगै सहर बजारमा घर जोडेका पनि दशैँमा सम्म घर आईपुग्छन । जे होस दशैँमा गाउँले धेरै पुराना नयाँहरूलाई भित्र्याउनु र पठाउने गर्दछ । यत्ति सम्म भए पनि गाउँका मान्छे गाउँमा देख्दा भने केही आशा र भरोसाले स्थान पाउँछ । 

यो पालीको दशैँ भने गाउँ आएका सबैसँग बढो मिठोसँग घुलमिल हुन पाइयो । पानी नआएको भए खबर मात्र पाइन्थ्यो कम्तिमा वर्षाले गर्दा भने बस उठ र घुलमिल राम्रो सँगै भयो ।

सधैँ त सरकारी कर्मचारी भएका माथिल्ला घरे दाइले हामीलाई खासै वास्ता गर्दैनथे । यो पटक भने अलि बढो चासो दिए, कुरामा कुरा चल्दा यसो खानपिन गर्ने मेलोमेसो मिलाउन भनेको भान भयो । 

तर हामी गाउँ घरमा बस्ने आफ्नो सानो तिनो रोजो रोटी चलाउनेले उच्च ओहोदाका कर्मचारीलाई बसौँ खाँउ भन्न पनि लाज लाग्यो । यसो कहिले काँही सरकारी कामकाजको सिलशिलामा आउने सरकारी कर्मचारीको धरालो गर्दा वाक्क भएका हामीहरूले उहाँलाई पनि त्यस्तै सोचियो । 

दशैको अर्को दिन वर्षातको कारणले गर्दा धेरै टाढा जाने अवस्था थिएन। सबै बाटा घाटा बन्द जस्तै थिए । त्यही अवसरमा हामी यसो मन मिल्ने साथीभाइ मिलेर बस्दै रमाइलो गर्ने सोच बनाएका थियौ । मन मिल्ने साथीहरू हाम्रो अड्डामा बसेर समय बिताउने र हिले दशैँ मनाउँदै थियौ । छिमेकी सरकारी जागिरवाला उच्च पदस्थ दाइ पनि भित्रिनु भो । हामीले त्यहाँ भएका सबै लुकाउने प्रयास गर्‍यौ । किन कि दाइको हामी इज्जत गर्थ्यौ र गर्छौ । अनि अर्को कुरा कहाँ उच्च गुणस्तरीय पिउने दाजुलाई यस्तो कम गुणस्तरका पेय पदार्थ देखाउँदा हामी पनि लज्जित नै थियौ तर बाध्यता न ती उपलब्ध थिए न त उपलब्ध नै गराउन सकिन्थ्यो । 

दाइ भित्रिनु भयो के छ मेलो मेसो यसो खबर गर्नु पर्ने नि भन्दै ।

हामी सबै झसङ्ग भयौ, त्यत्तिकैमा अर्को साथीले भन्यो दाइ हजुरलाई पनि यस्तोमा के बोलाउनु भनेर । 

दाइले पनि भन्नु भयो ए भाइ म पनि त त्यही खाएको मान्छे त हुँ, आजकाल पो यसो स्तर मेन्टेन गर्न परो भनेर पो हो त्यो पनि किनेर त कहाँ खान सकिन्छ र हामीलाई त आई हाल्छ भन्दै हामीसँगै जोडिन थाल्नु भयो । 

हामी निर्लज्ज भएर हामीसँग भएका दाई लाई पनि भाग लगाइयो, आत्मीय कुरा भए,

कुरा जागिरका, कार्यालयका, पैसा कमाएको, बैसका, गाउँका, छिमेकका, साथी सँगीका, देशको समाजको, दलको, दलका नेताको चुनावको लगायत सकेसम्म सबै ब्रह्यण देखि हामी बसेको त्यो कुनाको सम्म कुनै बाँकी राखिएन । हामी पनि गर्विलो महसुस गरेका थियौ किन कि सहरमा घर भएका उच्च पदस्थ कर्मचारी पनि हाम्रा खानपिनका साथी भएकोमा । अनि मनमनै यो वर्षातलाई धन्यवाद दियौ । 

मेलो मेसो अघि सरेकै थियो । सबै रम रम भएका थियौ । खुसी मनाएका थियौ । त्यत्तिकैमा दाई कि श्रीमतीको आगमन भयो । हामी झनै तर्सियौ तर भाउजूले खासै केही भन्नु भएन, म त हजुर कहाँ गइस्यो भनेर खोज्दै पो आएकी भन्दै दाई लाई आँखा तर्नु भयो । दाइले पनि यसो भाइहरूसँग बसेको भनेर उत्तर दिनु भयो । अनि भाउजूले पनि थप्नु भो उहाँले त यस्तो गाउँमा पाइने त खाईस्सिन्न आज कसरी मुख लागिस्एछ भन्दै हामीलाई जानकारी गराउने भाव पोख्नु भो । 

हामी भाउजूको लवजले मुखामुख गर्‍यौ । अनि दाइले पनि थप्नु भो, के गर्नु घरमा त थिए राम्रा राम्रा बोतल उपहार आएका तर के गर्नु घर आउँदा लिएर आउन भएन भनेर पो हो । अनि छिट्टै फर्किएर उतै रमाइलो गर्ने सोच थियो के गर्नु यो पानीले बरबादै पार्‍यो भन्दै पानीलाई सराप्न थाल्नु भो । 

भाउजूले हामी सबैसँग परिचय गर्नु भयो । खासै परिचय गर्नु पर्ने त हामी थिएनौ, उहाँ पनि यहाँ धेरै वर्ष बसेर जानु भएको थियो तर सोध खोज गर्नु भयो । हामी सबैलाई काठमाडौँ आउँदा घरमा आईस्सेला अहिले बस्ने खाने समस्या छैन, ठुलो घर बनाएका छौ, घरमा सबै सुविधा छन् १र२ दिनको लागि होटेलमा बस्न नपर्ने भन्दै निमन्त्रणा गरेर जानु भयो हामीले स्वीकृति जनाउँदै शिर हल्लायौ । 

दाइले राम्रो प्रगति गरेको कुरा भाउजूले नभन्दै थाहा पाई सकेका थियौ । ठाउँ ठाउँमा घर र घडेरी जोड्नु भएको छ भन्ने अनि लगानी, सन्तानको पढाई लगायतका कुरा गाउँमा धेरैले गरेको सुनिन्थ्यो । अन्य जागिर खाएकाहरूलाई पनि उदाहरण दिन्थे फलानाला जस्तो पो कमाउनु भन्ने । 

खानपिन चलेकै थियो । हामी अब दाइ बराबर भएका थियौ, मतलब दाइको धक र डर लाग्न छोडेको थियो । दाइ पनि हामी समान भई सक्नु भएको थियो । के गर्नु यसको गुण नै यही हो सबैलाई समान बनाउँछ ।तर त्यस्तो बेहोस चाही थिएनौ । 

अब दाइले सबै भन्नु थाल्नु भयो, कमाई कसरी भयो, कसरी हुन्छ, तलब कति छ, आम्दानी कति हुन्छ, कसरी बच्नु पर्छ भन्दै आफूले सरकारी जागिरमा छिर्दा दाल भात खान सकस हुने देखि लिएर अहिले ५-७ हजारको नास्ता खानेदेखि लिएर सम्पत्ति जोड्न भन्दा लुकाउन गाह्रो भएको सम्मको दुख व्यक्त गर्नु भो । हामी अचम्मै परियो, यस्तो पनि हुन्छ र भन्दै ! 

हामीलाई कमाएको बचाउन मुस्किल छ दाई लाई लुकाउन गाह्रो रे यसो हामीलाई दिनु न भन्छ एउटाले अनि हाँसोले भरिन्छ कोठा । 

फेरी चुस्की लगाउँदै दाइले थप्नु हुन्छ हेर भाइहरू समय आउनु पर्छ पैसा केही होइन । तिमीहरूलाई मेरो र हाम्रो घरको अवस्था बताउन परेन, सबै थाहा छ, घर सम्पत्तिले हुने भए किन जागिर खानु पर्थ्यो र । अनि पैतृक सम्पत्ति भए दाइ र भाइको पनि हुन्थ्यो । यस्तै छ यहाँ कुरा नगरौँ अहिले मेरो घर मात्रै ३ करोडको छ, घडेरीका कुरा नगरौँ, शेयर र बैङ्कमा पनि उत्तिकै छ, छोरा छोरीलाई डाक्टर इन्जिनियर पढाएकै छु कम्तिमा २-३ करोड त पढाई मै सकिए होला । तिमीहरूलाई पनि कहिले हाँकी केही परे भन्नु । अन्य सहरमा पनि घडेरी र जग्गा छन् । मेरो मात्रै होइन हेर न उच्च पदस्थ कर्मचारीहरूको कसको घर छ गाउँमा ? कसले सम्पत्ति बेचेर बनाएका हुन काठमाण्डौमा घर रु फेसबुकमा हेर त आज दशैको टीका लगाएको फोटो, तिनका कपडा, घरका फर्निचर,  घर, जहान केटा केटीको लवाई खवाई, कसैको कम छ, साँच्चै जागिरले मात्रै हो भने सबै भन्दा बढी गाउँमा बस्ने श्रीमती र केटा केटी हामी कर्मचारीका हुने थिए । कसका परिवार छन् गाउँमा यसो सोचाओ न त । 

के गर्छौ केटा हो, देशको अवस्था यस्तै छ, सबै आदर्श र नैतिकता भन्ने त कुरा मात्र सीमित हुन । मैले सबै भोगेको छु देखेको छु, पहिला म पनि जुनियर पदमा हुँदा यस्तै भन्थे, सोच्थे, तर होइन रहेछ माथिल्लो पदमा गए पछि त कहाँ बाट आउँछ कहाँबाट म नै अचम्मै पर्छु । सबै सेटिङ्ग हुन्छ त्यहाँ लिने दिने हो, न फसिन्छ न कारबाही हुन्छ सबैकोमा जान्छ भाग त कसरी फस्ने । नेतालाई मिलाउने, खुवाउने, पोसाउने सबै हामी नै हौँ, बिचरा नेता त गाली मात्रै खाने हुन, माल मटेरियल खाने चाही हामी नै हौँ । 

हेर भाइ हो, जिल्लामा आउने उच्च पदस्थ कर्मचारीहरू र दलका नेताहरू कसैको घर गाउँमा छ भन्ने सुनेका छौ रु कसैका सन्तानले गाउँका विद्यालयमा पढेको सुनेका छौ रु कसैका छोरा छोरीले डाक्टर इन्जिनियर लगायतका महँगो फिस तिरेर नपढाएको सुनेका छौ रु भन्दै हामीलाई रनभुल्ल पार्दै आफ्नो ईतिवृत्तान्त बताउनु भयो । केहीले त दाई लाई धेरै लाग्यो कि भन्दै थिए फेरी दाइले थप्नु भयो भाइ मलाई केही लागेको छैन, आज मलाई अति भयो, देशको अवस्था यस्तो छ, हाम्रो अवस्था यस्तो छ, यो सबै भ्रष्ट्राचार र अनियमितताले भएको हो, हामी जस्ताले गर्दा हो, मैले एक्लैले नखाएर मगन्ते भएर केही हुनेवाला छैन, हेर त आज एक दिन पानी पर्दा गाउँबाट बाहिर जान सकिँदैन, यो बेलामा बिरामी भए के गर्ने यी सबै हामी जस्ता कर्मचारी र नेताले खाएर सकेका हौ, हेर भाईहो उच्च पदस्थ कर्मचारी भए पछि त ५-१० करोड कमाउने कुरा केही होइन भन्दै गिलास रित्याउनु भयो । अनि थप्नु भो उच्च मात्रै हैन कुन कर्मचारीले सहर बजारा घर घडेरी जोडेको छैन रु त्यो मलाई बताऔ त ।

हामी भने रक्सीले भन्दा दाइको कुरा बढी लाग्यो, सोच मग्न भयौ अनि भनियो काठमाण्डौमा घर र १-२ करोड कसरी कमाउने भनेर तर के गर्नु अब जागिर खान उमेर गयो, बेलामा सोचिएन । 

दाइले आफ्नो दुखेसो पोख्नु भयो कि हामीलाई साख देखाउनु भयो त्यो त थाहा भएन तर यथार्थ बताउनु भयो । अनि हामी पनि मन मन सोच्न थाल्यौ त्यत्रो करोडका करोड कसरी कमाउँछन् होला भनेर !