१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसकाे अन्तरक्रिया कार्यक्रमपछि एलिनाले भनिन्: भाेट त काँग्रेसलाई नै दिन्छु !

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र सङ्गीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।

बालुवाटारको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान पनि सहभागी थिइन् । एलिनाले प्रधानमन्त्रीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखिन् ।

तर उक्त तस्बिरलाई लिएर आफूले खुबै गाली खाएको एलिना बताउँछिन् । उनी भन्छिन्, ‘म कुनै पार्टी र चुनावको भन्दा पनि देशको प्रधानमन्त्रीले बोलाएर गएकी थिएँ । त्यो खुसीमा मैले फोटो खिचेर हाल्दा धेरै गाली पनि खाएँ । प्रधानमन्त्री र आरजु म्यामले सिधै हामीसँग कुरा गर्नुभयो । आरजु म्यामको बारेमा बाहिर जति पनि कुरा सुनेको थिएँ, उहाँलाई भेटेपछि ती सबै कुरा गलत रहेछ भन्ने लाग्यो ।’

काँग्रेसलाई भोट दिने निर्णय गरेको भन्दै उनले भनिन्, ‘कलाकारको बारेमा अहिलेसम्म कसैले पनि सोच्दिनुभएको थिएन । किनभने कलाकारहरू चलुन्जेल नेपालमा बस्छन् र चलिसकेपछि भविष्य नै छैन । कलाकारको बारेमा सोचिदिने मैले काँग्रेस मात्र पाएँ । त्यसपछि आफ्नो भोट नेपाली काँग्रेसलाई दिने निर्णय गरेँ ।’

प्रतिक्रिया दिनुहोस