काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहीँ कतैबाट आफू नचुक्ने र बाटो बिराएमा खबरदारी गर्नू भनेका छन्।
विजयपछि पराजित गरेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
कृष्णभक्तले रविलाई बधाई दिँदै भने, ‘मैले कानुन लेखेँ, तपाईँले पालना गराउनुहोला।’ त्यसपछि रवि लामिछानेले पनि कृष्णभक्तको प्रशंसा गरे।
रविले कृष्णभक्तलाई भने,‘तपाईँहरूले सुन्दर बगैँचा बनाउनु भएको छ। त्यसलाई जगेर्ना गर्ने काममा कहीँ कतैबाट चुक्ने छैन, बिराए भने खबरदारी गर्नू,तपाईँको अनुभवबाट सिक्ने चिज म सिक्छु।’
अन्तिममा रविले कृष्णभक्तलाई राजनीतिक यात्राको शुभकामना दिएका थिए। रविले ४४ हजार ९३४ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ४०६ मत प्राप्त गरे। एमालेका उम्मेदवार पोखरेलले १४ हजार ५५ मत प्राप्त गरे।







