२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरको सभ्यता नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सोमबारदेखि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय महेन्द्रनगरमा सम्मेलन सुरु भएको हो।

विश्वविद्यालय स्थापना भएको १२ वर्षपछि पहिलो पटक सभ्यता, सम्पदा, नवप्रवर्द्धन र रूपान्तरणको विषयमा सुदूरपश्चिमको अध्ययन विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरिएको हो। सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सुदूरको सभ्यता र पछिल्ला दिनहरूमा रूपान्तरणदेखि प्राज्ञिक उचाइ वृद्धि गर्ने अपेक्षा राखे। प्रदेश प्रमुख जोशीले ज्ञान अभिवृद्धिका साथै सूचना प्रविधिको विकास र समाजलाई थप शैक्षिक गन्तव्यमा डोर्‍याउने बताए।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले अक्सफोर्ड विश्वविद्यालय, ब्रिटेन नेपाल एकेडेमी काउन्सिलसँगको समन्वयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मरराज जोशीले विभिन्न ९ देशका विद्धानहरूले विविध ७६ विषयमा शोधपत्र प्रस्तुत गर्ने बताए।

उपकुलपति डा। जोशीका अनुसार शिक्षा, स्वास्थ्य, मेडिकल, इन्जिनियरिङ, प्राकृतिक स्रोत साधन, वातावरण, कृषि, जनजीविका, विज्ञान, सामाजिक विज्ञान, परिवेश, इतिहाससहित सुदूरपश्चिमको सम्भावनाको विषयमा अध्ययन हुनेछ। सम्मेलनले सुदूरपश्चिमको वृद्धि विकासमा नीति निर्माणदेखि टेवा पुग्ने अपेक्षा गरिएको छ।