१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा, काठमाडौँ ल्याइँदै

आयोजना अनुगमनका क्रममा लहानबाट नियन्त्रणमा लिइएको स्रोतको भनाइ, जिल्लाबाट एक जनालाई पक्राउ गरी काठमाडौँ पठाइएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारीको पुष्टि

अ अ+ अ-

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदै गरेको जानकारी प्राप्त भएको छ। बिहीबार सिरहाको लहान क्षेत्रमा आयोजना अनुगमनका क्रममा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकार स्रोतले जनाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँले जिल्लाबाट एक जनालाई पक्राउ गरी काठमाडौँ पठाइएको जानकारी प्रहरीबाट आफूले प्राप्त गरेको प्रशासन डटकमलाई बताए। थप कुनै जानकारी आफूलाई नभएको तर एक जनालाई नियन्त्रणमा लिई पठाउन भनेको जानकारी मात्रै आफूले पाएको उनको भनाई छ  

प्रशासन डटकमसँग नाम उल्लेख नगर्ने सर्तमा कुरा गरेका घटनाबारे जानकार स्रोतका अनुसार रजौरियालाई बिहीबार दिउँसो करिब ३ बजे स्थलगत अनुगमन तथा आयोजनाको प्रगति समीक्षाका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई लहान क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँतर्फ ल्याइँदै छ।

स्रोतले महानिर्देशकलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको दाबी गरेको छ। यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार, पक्राउ पुर्जी जारी भए-नभएको अवस्था र काठमाडौँ ल्याउनुको कारणबारे आधिकारिक जानकारी दिएको छैन।

घटनाको पृष्ठभूमिमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्कासम्बन्धी विषय रहेको स्रोतको भनाइ छ। ठेक्कासँग सम्बन्धित केही काम गर्न माथिल्लो तहबाट महानिर्देशक रजौरियामाथि दबाब आएको तर उनले प्रचलित नियम तथा कानुनअनुसार नमिल्ने काम गर्न नसक्ने अडान राखेपछि विवाद उत्पन्न भएको स्रोतले जनाएको छ।

ठेक्कासम्बन्धी कुन निर्णय गर्न के दबाब थियो, त्यस्तो निर्णय कानुनविपरीत हुने आधार के थियो र दबाब दिने भनिएका पदाधिकारी को थिए भन्नेबारे भने स्रोतले विस्तृत विवरण खुलाएको छैन।

रजौरियालाई नियन्त्रणमा लिने क्रममा माथिल्लो तहको आदेश रहेको बताइएको स्रोतको दाबी छ। सचिवालयबाट आएको भनिएको आदेशअनुसार नै उनलाई नियन्त्रणमा लिएर आउन निर्देशन दिइएको प्रशासन स्रोतले जनाएको छ।

रजौरियाले गत असोज २ गते सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए। त्यसअघि उनी विभागकै उपमहानिर्देशकका रूपमा नदी तथा जलस्रोत महाशाखा हेर्दै आएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारी सरुवासम्बन्धी विवाद उठिरहेका बेला तत्कालीन महानिर्देशक डा। महेश्वर श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर रजौरियालाई विभागको नेतृत्व दिइएको थियो। त्यसै समयमा मन्त्रालयकी तत्कालीन सचिव सरिता दवाडीको पनि सरुवा भएको थियो।

0 Comments