२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएका सहकारी खोज्दै महानगर

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् ।

ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रस्ट नहुँदा पैँतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनै पनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ ।

सम्पर्कमा नआएका ती सहकारीले साधारण सभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ ।

त्यस्ता सहकारीमा विराटनगर वडा नं. २ को सक्रिय, वडा नं. ३ को स्पर्श, वडा नं. ४ को परिचय, सगुन र पुष्पाञ्जली, वडा नं. ५ को विराट कोसेली र एक्सेन्ज, वडा नं. ७ को सुमेरु, विराट उपभोक्ता र हिमशिखर, वडा नं. ८ को सहयोगी, वडा नं. ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यस्तै वडा नं. १० को एभरेस्ट मल्टिपल, वडा नं. ११ को ज्ञान पुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नं. १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नं. १३ को नक्षत्र, वडा नं. १४ को बहुमूल्य, जुन तारा र प्रभावकारी, वडा नं. १५ को इच्छा, नेश्नल, ऋद्धिसिद्धि र वडा नं. १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए । उनले ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।