२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से १६.९७ अङ्क (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अङ्कमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौँ दिनमा आएर भने दोहोरो अङ्कले बढेको हो ।

बैङ्किङ बाहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैङ्किङ उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ ।

राष्ट्र बैङ्कले बैङ्कहरूले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैङ्कहरूले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैङ्कका लगानीकर्ता निराश बनेका छन् ।

कोभिड-१९ को समयमा भन्दा बैङ्कहरूको लाभांश घटेका कारण पनि बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैङ्किङ उपसूचक नै गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ । सोमबार कारोबार भएकामध्ये नबिल बैङ्कको २१ करोड ३२ लाख ४२ हजारको कारोबार हुँदा कुमारी बैङ्कको संस्थापक सेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २०६ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.९३ प्रतिशत, कुमारी धन वृद्धि योजनाको इकाइमूल्य ५.७१ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ । यस्तै आइतबार मात्रै ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैङ्कको सेयर मूल्य पनि ३.६६ प्रतिशतले गिरावट भएको छ ।