२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र तयार

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउनका लागि मार्गचित्र तयार पारिरहेको छ ।

स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि मार्गचित्र तयार पारिरहेको जानकारी दिए ।

उनले स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनका लागि गहन, सहज र पारदर्शीरुपले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले स्वास्थ्य सेवा नपुगेका दूर दराज ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पुर्‍याउन सरकार लागिपरेको बताए ।

उनले संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ सरकार केन्द्रित भएको बताए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गरेको बताए ।

उनले संविधान, राष्ट्रिय स्वास्थ्य नीति २०७६, स्वास्थ्य क्षेत्र रणनीतिअनुसार नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले बहुपक्षीय सहकार्यमार्फत पनि आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टीकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने बताए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । उनले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बीमा कार्यक्रममा समेटी स्वास्थ्य सेवालाई निःशुल्क बनाइने बताए । उनका अनुसार अहिले ६१ लाख ७८ हजार एक सय ४० जना स्वास्थ्य बिमामा आबद्ध छन् ।

विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा।अनुप बास्तोलाले सबैमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, सात वटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल र बीमा कार्यक्रम र विपन्न नागरिकका लागि जटिल प्रकारका नसर्ने रोगको उपचार कार्यक्रम विशेषज्ञ एवं विशिष्टीकृत सेवाको विकास र विस्तार गर्दै आएको जानकारी दिए ।

उनले सेवा नपुगेका दूर दराजमा टेलिमेडिसिनजस्ता प्रविधिमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गरेको बताए । आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सबैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।