२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्व राष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन्। आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे।

‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता बिस्तारै सङ्कुचनमा गइरहेको छ’, उनले भने, ‘यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।’ उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे।

पूर्व राष्ट्रपति यादवले विश्व परिवेशलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, ‘ताइवानमा तीन लाख नेपाली छन् । त्यहाँको आन्दोलनमा के भइरहेको छ ? यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका सङ्घ–सङ्गठनले केही बोल्ने हो कि ?’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारण सभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए। ‘पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुन सकेको छैन । सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ, उनले भने।

महासङ्घका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए ।

कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनीत भएका कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकका पवित्रा सुनाल, नेपाल टेलिभिजनका टङ्क उप्रेती, रातोपाटी डटकमका रोहित दाहाल र नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा पाँच वटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको थियो।