२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगनले उम्मेदवारी फिर्ता लिनुपर्छ : खड्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित हुने दाबी गरेका छन् ।

सभापति देउवाको समर्थक बसेका खड्काले उमदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति देउवाले भारी मतान्तरसहित जित्ने दाबी गरेका हुन् ।

उनले भने, ‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो, संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । यो पार्टीमा संसदीय दलमा हुने प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिनुपर्छ । पार्टी प्रतिनिधिसभाका सदस्यहरूले मतदान गर्नुहुने छ । उम्मेदवारीको समर्थकको हिसाबले भन्न चाहन्छु शेरबहादुर देउवा भारी मत सहित जित्नु हुनेछ ।’

उनले सभापतिले स्थानीय चुनाव र संघीय तथा प्रादेशिक निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाएको भन्दै सबै पार्टी मिलाएर लैजान देउवाको नेतृत्व आवश्यक भएको बताए ।

उपसभापति खड्काले भने, ‘सभापतिज्यूकै नेतृत्वमा स्थानीय तहको निर्वाचन भयो । नेपाली काँग्रेस पहिलो पार्टी भयो । उहाँकै नेतृत्वमा संघीय र प्रादेशिक निर्वाचन गर्‍यौँ काँग्रेस पहिलो पार्टी भएको छ । सबै पार्टीका नेताहरूलाई मिलाएर लैजान सक्ने जुन क्षमता उहाँमा छ त्यो अनुभवी नेतृत्वको उपयोग राष्ट्रले गर्नु परेको छ ।’

खड्काले पुस्तान्तरण समयक्रममा हुने भन्दै सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामा पुस्तान्तरण हुने बताए ।

‘पुस्तान्तरण अहिले होइन समयक्रममा हुने छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागितामै पुस्तान्तरण हुनेछ,’ खड्काले भने, ‘अहिले संविधानको कार्यान्वयन गर्नु छ । गिरिजाबाबुले थालेको शान्ति प्रक्रियालाई पूर्णता दिनु छ । त्यसैले देउवाको नेतृत्व आवश्यक छ ।’ यी सबै काम गगन थापाबाट सम्भव छैनन् भन्ने प्रश्नमा खड्काले आफूले त्यसो नभनेको भन्दै पन्छिए ।

‘मैले गगनजीमा क्षमता छैन भनेको छैन । गगनजीसँग क्षमता छ । रामचन्द्र पौडेलसहित अन्य नेताहरूमा पनि क्षमता छ । मैले छैन भनेको छैन,’ खड्काले भने, ‘तर मैले जे भने ती कारणहरू देउवाको नेतृत्व आवश्यक भन्न पर्याप्त छन् । गगनजीले भनेको पुस्तान्तरण भन्दा मैले भनेको कुरा धेरै अगाडि छन् ।’

उनले गगन थापालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पुस्तान्तरण केही समयपछि हुँदै जाने बताए ।