२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश-१ मा काँग्रेस संसदीय दलको नेता छान्न चुनाव हुने, को-को छन् आकाङ्क्षी ? 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकाङ्क्षीहरूले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो ।

संसदीय दलको नेतामा चार जना आकाङ्क्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय भीम पराजुली संसदीय दलको नेताको आकाङ्क्षी छन् । डा. शेखर कोइराला प्यानलबाट केदार कार्की दलको नेताको दाबेदार छन् ।

प्रदेश सभापति थापाका अनुसार प्रदेश १ को संसदीय दलको बैठक ११ गते भित्र बस्नेछ । दलको बैठकले निर्वाचन समिति बनाएपछि प्रक्रिया अघि बढ्ने उनले बताए । उनले निर्वाचनको सम्भावना रहेको बताए ।

प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सिट जितेको प्रदेश १ मा देउवापक्ष ठूलो छ । मुख्यमन्त्रीका दाबेदार अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना देउवा प्यानलमा छन् ।

केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बू, गयानन्द मण्डलसहित ९ जना डा. शेखर कोइराला पक्षका छन् । भीम पराजुली, उद्धव थापा, भूमिप्रसाद राजवंशीसहित ९ जना सिटौला समूहमा छन् ।

धार्मिक छवि बनाएका पराजुली सिटौला समूहबाट आफू दाबेदार भएको बताउँछन् । उनी सहमति नभए निर्वाचनबाट दलको नेता छनोट हुने बताउँछन् । 

संसदीय दलको नेताका आकाङ्क्षी उद्धव थापा पनि दलको नेतामा सहमति नभए प्रजातान्त्रिक अभ्यासबाट नेता छनोट हुने बताउँछन् ।

कोइराला पक्षका नेता केदार कार्की पनि दलको नेतामा मतदानको सम्भावना रहेको बताउँछन् । 

प्रदेशसभाको अघिल्लो कार्यकालमा कोइराला पक्षका राजीव कोइराला दलको नेता बनेका थिए ।