२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशसभा सदस्यको शपथ पुस दोस्रो साता हुने

अ+ अ-

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरूको शपथ ग्रहणको तयारी सुरु गरेको हो ।

सचिवालयका सचिव कृष्णहरी खड्काका अनुसार प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन नभएको खण्डमा संसद बैठक सञ्चालनका लागि ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था अनुसार नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले ज्येष्ठ सदस्यको रूपमा सभाको बैठक अध्यक्षता गर्नेछन् । उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश प्रमुखले शपथ गराउने छन् । संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरूले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको र सोही अनुसार तयारी गरिएको सचिव खड्काले बताए ।

शपथ ग्रहण लगायतका विषयमा छलफलका लागि सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । उक्त बैठकको निर्णय अनुसार ढुङ्गानाको शपथ ग्रहण गराउने र त्यस लगत्तै पुसको दोस्रो साता अरू सांसदहरूको शपथ ग्रहणको तयारी गरिएको सचिव खड्काले बताए । उनले भने, ‘सबै सांसदको शपथ कार्यक्रम पुसको दोस्रो साता अर्थात् पुस १० र ११ गतेभित्रमा गरिसक्ने हाम्रो तयारी छ ।’

संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था अनुसार नै प्रदेश प्रमुखको कार्यालयको समन्वयमा सबै कार्यक्रमको तयारी गरिएको उनको भनाइ छ ।

यस्तो छ प्रदेशसभाको अङ्कगणित
प्रदेशसभाको पहिलो कार्यकालको तुलनामा यस पटक दलहरूको अङ्कगणितमा फेरबदल भएको छ । यस पटक बागमती प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व छ । यसअघिको कार्यकालमा एमाले पहिलो, माओवादी केन्द्र दोस्रो, काँग्रेस तेस्रो, एकीकृत समाजवादी चौथो, विवेकशील साझा पाँचौँ, राप्रपा छैटौँ, नेमकिपा सातौँ र जसपा आठौँ दलको रूपमा थिए ।

२०७९ को निर्वाचनमा बागमती प्रदेशसभामा काँग्रेसले प्रत्यक्षमा २५ सिट जित्दा समानुपातिकबाट १२ सिट प्राप्त गर्दै ३७ जना सांसद पाएको छ भने एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ ।

२०७४ को निर्वाचनमा सबैभन्दा ठुलो दलको रूपमा रहेको एमालेका ५७ जना सांसद थिए । यस पटक एमाले २७ जनामा सीमित भएको छ ।

२०७४ को निर्वाचनमा २३ जना सांसद जित्दै दोस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १४ सिट र समानुपातिकतर्फ ७ सिट गरी यो पटक २१ जना सांसद पाएको छ ।

यस पटक राप्रपाले १२ सिट पाउँदै प्रदेशको चौथो दलको रूपमा प्रतिनिधित्व गरेको छ । २०७४ मा समानुपातिकतर्फबाट २ सिट पाएको राप्रपाले यस पटक प्रत्यक्षबाट ७ र समानुपातिकतर्फ ५ सिट गरी १२ सिट पाएको हो ।

एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ । नेमकिपाले यस पटक प्रत्यक्षमा एक र समानुपातिकबाट २ गरी ३ जना सांसद पाएको छ ।