काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा राजदेव साहको निधन भएको छ। नेपाली काँग्रेस रौतहटको पटक पटक जिल्ला सभापति रहिसकेका साहको गरुडास्थित निवासमा निधन भएको हो।
केही वर्षदेखि मधुमेह तथा उच्च रक्तचापका साथै अन्य रोगबाट ग्रसित साह नेपाली काँग्रेसका महासमिति सदस्यसम्म भएका थिए। राजनैतिक लाभको कुनै पदमा नपुगेका साह नेपाली काँग्रेसप्रति निष्ठावान् नेताका रूपमा परिचित थिए।
नेता साहको निधनप्रति पार्टीका विभिन्न तहका नेताहरुले शोक व्यक्त गरेका छन्।







