८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका साझा कार्यक्रमका आधारमा एकीकृत समाजवादीले निर्णय लिने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादी पर्ख र हेरेको अवस्थामा पुगेको छ । 

प्रचण्ड नेतृत्वको सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने तयारी गरेको हो । 

प्रधानमन्त्री प्रचण्डले सात दलको सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याएर अघि बढ्ने तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन छोडेर माओवादीले एमाले सहित सात दलको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी अलमलमा परेको छ । एमाले, माओवादीसहितको सात दलको गठबन्धनमा जोडिन नसकेको एकीकृत समाजवादी प्रचण्डका भावी कार्यलाई हेरेर नजिक हुने वा टाढिने निर्णय गर्ने भएको हो । 

अहिले सत्ता पक्ष वा प्रतिपक्ष कता बस्ने निर्णय भई नसकेकाले पर्ख र हेरको अवस्थामा रहेको एकीकृत समाजवादीका उपाध्यक्ष  प्रमेश हमालले बताए ।  ‘हामी अहिले वेट एण्ड सिको अवस्थामा छौँ । अहिलेको गठबन्धन कसरी अगाडि बढ्छ ? त्यसपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय हुन्छ । सरकारको गुण र दोषका आधारमा निक्र्यौल गर्छौ’ हमालले भने,‘तत्काल एकता गर्नेभन्दा पनि आफ्नै पार्टीलाई बलियो बनाउँछौँ । आवश्यकता र औचित्यका आधारमा एकता र ध्रुवीकरणमा जाने हुन सक्छ ।’

प्रचण्डलाई काँग्रेसले धोका दिएको एकीकृत समाजवादीको निष्कर्ष छ । पहिलो चरणमै काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिने भद्र सहमति गरे पनि पालना नगर्दा गठबन्धन टुटेको निक्र्यौल निकालेको हो । काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दाबी गर्दा अहिलेको परिस्थिति आएको अध्यक्ष माधवकुमार नेपालको बुझाई छ । त्यसैले पछिल्लो समय नेपाल प्रचण्डभन्दा काँग्रेस सभापति शेरबहादुर देउवासँग बढ्दा चिढिएका छन् । नेपाल प्रचण्डसँग नजिक भएकाले सोमबार बेलुका किर्तीपुरमा रहेको पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्न पुगेका थिए । पुष्पलालको सालिकमा माल्यार्पण गर्नेक्रममा नेपालले प्रचण्डलाई स्वागत गर्नुका साथै बधाई शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस