जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरू आन्दोलन घोषणा गरेका छन् ।
आफूहरूको मागप्रति सरकार बेवास्ता गरिरहेको भन्दै मधेस प्रदेश मिटर ब्याज घटनाका सङ्घर्ष समितिले मङ्गलवारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मङ्गलवार गोलबजारमा दबाबमूलक र्याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रूपले सङ्घर्ष थाल्ने सङ्घर्ष समितिका मधेस प्रदेश संयोजक मनोज पासमानले बताए ।
मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रूपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरूलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, पीडितहरू अझैसम्म न्याय पाएको गुनासो गरिरहेका छन् ।







