२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी 

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।

बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी भइहाल्नुपर्ने मत राखेका छन् । केहीले पार्टीलाई सुदृढीकरण गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

स्थायी कमिटी सदस्य बलराम बास्कोटाका अनुसार बैठकमा तत्कालीन पाँचदलीय गठबन्धनको समीक्षा हुँदै छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका कारण गठबन्धन टुटेको भन्ने विषयमा एकमत रहेको उनले बताए ।

वर्तमान सत्ता गठबन्धनका तर्फबाट सरकारमा सहभागी हुन प्रस्ताव नै नआएको समेत उनले बताए । एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने उनको भनाइ छ ।

“पहिलेको गठबन्धनबारे समीक्षा भइरहेको छ । देउवाका कारण गठबन्धन टुटेकोमा एकमतजस्तै छ,” उनले भने, “सरकारमा आउनका लागि गठबन्धनको तर्फबाट प्रस्ताव नै आएको छैन । सरकारमा जाने कुरा नै हुँदैन । सरकारमा जाने आवाजको अर्थ छैन ।”