२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु चुनावको तयारीमा लाग्न प्रचण्डको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) लाई त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै स्ववियु चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीका अनुसार प्रचण्डले सरकार जनमुखी हुने प्रयासमा लागि रहेको भन्दै सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका थिए ।

प्रचण्डले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने लक्ष्य रहेको भन्दै गलत काम र प्रवृत्तिको आलोचना गर्नुपर्ने बताए ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव ५ चैतमा सम्पन्न गर्ने गरी स्ववियू निर्वाचनको मिति प्रस्ताव गरेको छ । यद्यपि, यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ ।

यस्तै क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रचण्डले सङ्गठनमा असन्तुष्ट रहेको पक्षलाई समेत सहमतिमा ल्याएर अघि बढ्नु पर्ने बताएका छन् ।

प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएको भन्दै सबैलाई मिलाएर लैजाने जिम्मेवारी पनि उनकै भएको बताए ।