२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले हचुवाका भरमा प्रस्ताव ल्याउनु हुँदैन : सांसद सुवाल

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताएका हुन्।

उनले सांसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए। उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागेर देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए।

उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए। उनले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन नसक्ने बताए।

उनले भने, ‘सांसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ। सरकारको रोहबर छाप बनाउनु हुँदैन। सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिले मात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होला र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन। हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो। यसले नेपालको अर्थतन्त्र समाप्त पार्दै छ। जङ्गल मासेर रङ्गशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो। लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थलको प्रस्तावकै बेला प्रश्न उठाएको हो। गठबन्धन पद र पैसामा गर्नु हुँदैन। नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन सक्दैनन्।’

सांसद सुवालले एसपिपी र एमसिसी नेपालको हितविपरित रहेको रहेको भन्दै किन खारेज नगर्नेरु भन्दै संसदमा प्रश्न उठाए।