२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ । 

मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको साटो सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए । 

सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ सङ्कलन भइसकेको किरातीले बताए । 

खादा माला नलगाउने र त्यस बराबरको नगद सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरूप आजसम्म ३ लाख रकम सङ्कलन भइसकेको छ’ उनले भने, ‘एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम सङ्कलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौँ जनप्रतिनिधिहरूले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’ 

मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन् ।