२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले सुरु गर्‍यो डिजिटल प्रणालीमार्फत राजस्व सङ्कलन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डिजिटल प्रणालीमार्फत राजस्व सङ्कलन गर्न सुरु गरेको छ ।

मङ्गलवार वडा नम्बर ५ बाट डिजिटल प्रणालीमार्फत राजस्व असुल्न सुरु भएको मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘मङ्गलवारदेखि हामीले वडाबाट नै डिजिटल प्रणालीमार्फत राजस्व असुल्ने कामको सुरुवात गरेका छौँ, ३२ वटै वडामा यो प्रणाली लागु गर्ने तयारी भइरहेको छ ।’

शाहका अनुसार ५ नम्बर वडा कार्यालयमा पहिलो दिनमै १० जनाले डिजिटल प्रणालीबाट राजस्व तिरेका छन् । सम्पत्ति कर, नाता प्रमाणित, बहाल कर, व्यावसायिक लगायतका कर डिजिटल प्रणाली मार्फत असुलिएको उनले बताए । वडा कार्यालयका अनुसार डिजिटल प्रणालीबाट पहिलो दिन करिब ८४ हजार राजस्व सङ्कलन भएको छ ।

महानगरले चालु आर्थिक वर्षको नीति कार्यक्रममा राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउने भन्दै करदाताको छुट्टै विद्युतीय लगत बनाउने र कर सङ्कलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने घोषणा गरेको थियो ।