काठमाडौँ । प्रदेश नम्बर-१ को मुख्य न्यायाधिवक्ता पदमा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
राजनीतिकशास्त्रमा स्नातकोत्तर आचार्यले ०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । उनी झापा बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।
उनले बुधबार पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।