२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रातृ संस्थाको कार्यसमितिको आकार बढाउँछु : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन हुने वचन दिएका छन् ।

भ्रातृ संस्थाको पूर्णताका विषयमा सभापति देउवासँग छलफल गर्न गएका नेता शेखर कोइराला पक्षका तीन पूर्व विद्यार्थी नेताहरू देउवाले भेट्न गएका थिए । सभापति देउवासँग भ्रातृ संस्थाका बारेमा छलफल गर्न बुधबार बिहान रञ्जित कर्ण, सुवास पोखरेल, मनोजमणि आचार्य धुम्बाराही गएका थिए ।

‘नेविसंघ, तरुण दल, किसान सङ्घ र महिला सङ्घको संख्या बढाउने कुरामा सभापतिले सहमति जनाउनुभयो,’ भेटमा सहभागी नेविसंघका पूर्व अध्यक्ष कर्णले भने, ‘प्रदेश कमिटी ल्याउने कुरामा पनि सहमति जनाउनुभयो ।’

२५१ देखि ३०० सम्म हुने गरी नेविसंघको केन्द्रीय समिति बनाउन पूर्व विद्यार्थी नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए ।

संख्या बढाउन दिएको सुझावलाई पार्टीभित्र छलफल गर्ने देउवाले बताएका थिए । विधानत नेविसंघको केन्द्रीय समिति १०१ जनाको हुने व्यवस्था छ । तरुण दलको ९५, महिला सङ्घको ८९ र किसान सङ्घको ६९ सदस्यीय केन्द्रीय समिति हुने ती भ्रातृ संस्थाको विधानमा प्रावधान छ ।

कर्णका अनुसार नेता शेखर पक्षलाई ४० प्रतिशत हिस्सेदारी दिने र निर्णय प्रक्रियामा सहभागी गराउने देउवाले वचन दिएका छन् । देउवाको बोली उधृत गर्दै कर्णले भने,‘शेखर कोइरालाको सहमतिबाट मात्रै भागबन्डा हुन्छ ।’

भ्रातृ संस्थालाई छिट्टै पूर्णता दिने र त्यसका लागि पार्टीबाट कुनै व्यक्तिलाई समन्वय गर्न तोकिने समेत देउवाले बताएका थिए । नेविसंघ, तरुण दल, महिला सङ्घ, किसान सङ्घको अध्यक्ष मनोनीत गरिए पनि पार्टीले पूर्णता दिन सकेको थिएन ।