काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज माघ १५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैङ्कले आज आइतबारका लागि तय गरेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।








