२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे काठमाडौँ महानगरले सर्वेक्षण गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ ।

सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात् उपचार तथा स्वास्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा। जगदीश अग्रवालले बताए ।

उनले भने, ‘सहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरूको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरूले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडा स्तरीय स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गर्ने योजना हो ।’ स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ ।

सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग गर्नुपर्छ ? प्रयोगशाला जाँच कहिले भएको थियो ? अब कहिले गर्नुपर्छ ? क्लिनिकमा कहिले जानुपर्छ ? औषधि लिन कहिले जानु पर्छ ? घरमा भएको औषधिले कहिलेसम्म पुग्छ ? जस्ता प्रश्नावली तयार गरिएको उनले बताए ।

दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्ने उनले बताए ।

महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले प्रविधिसँग जोडेर आधारभूत तथ्याङ्क सङ्कलनको योजना बनाएको बताए । महानगरका अनुसार स्वास्थ्य विभागको योजनालाई सूचना प्रविधि विभागले सहयोग गर्नेछ ।

आधारभूत स्वास्थ्य अवस्थाको सर्वेक्षणबाट अन्य कार्यक्रममा टेवा पुग्ने महानगरको दाबी छ । सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुने भएकोले सर्वेक्षणमा ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्ने महानगरको तयारी रहेको छ ।