१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इनरुवाका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

अ+ अ-

काठमाडौँ । डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरूले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दै उनीहरूले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरू डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा.अभिषेककुमार सिंह, डा. श्रेया पङ्गेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् । उनीहरुमध्‍ये चार जना छात्रवृत्तिका र चार जना प्रदेश सरकारले करारमा राखेका चिकित्सक हुन् ।

यस्तो घटना पटक-पटक भएको र चिकित्सकलाई मानसिक तनाव दिएका कारण बाध्य भएर राजीनामा दिनुपरेको राजीनामा दिएकी डा. श्रेया पङ्गेनी बताइन् । 

स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरूको आरोप छ ।

यस्तै चिकित्सकले जारी गरेको सामूहिक राजीनामा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामीमाथि मानसिक तनावमा भएको र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको उल्लेख छ ।

तर, मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरे भने चिकित्सकको विषयमा मौन समर्थन नगरेको बताउँछन् । चिकित्सकहरूकै गल्तीको कारण यस्तो समस्या भएको उनको भनाइ छ ।

तर, डा. पङ्गेनीले भने दुई चिकित्सक ड्युटीमै रहेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस