९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेश सभा बैठक बस्दै

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठकमा यसअघि प्रदेश सभाबाट स्वीकृत भएका दुई अध्यादेश प्रतिस्थापन विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । यसअघि उक्त प्रतिस्थापन विधेयक फागुन ५ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माघ १९ गते बसेको प्रदेश सभा बैठकले स्वीकृत गरेको थियो । संविधानले प्रदेश सभाबाट स्वीकृत अध्यादेश प्रदेश सभा बैठकको ६० दिनभित्र स्वतः निष्क्रिय हुने प्रावधान छ ।

‘अध्यादेश निष्क्रिय तथा खारेज नभएमा प्रदेश सभा बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ,’ नेपालको संविधान, २०७२ को धारा २०२ को ‘ग’ मा भनिएको छ ।

उक्त अध्यादेश ऐनको रूपमा मान्यता दिन सरकारले प्रतिस्थापन विधेयक ल्याएको प्रवक्ता सुवेदीले बताए । ‘अध्यादेश प्रदेश सभाबाट स्वीकृत भइसकेको छ, त्यसको ६० दिनपछि स्वतः निष्क्रिय हुन्छ, त्यसलाई प्रतिस्थापन गर्नका लागि विधेयक ल्याउने हो, त्यस्तै कानुन ल्याउने हो, त्यसको अनुसार विधेयक ल्याइएको हो,’ सुवेदीले भने, ‘यो कानुनमा चाहिँ सबै छलफल पनि हुन्छ, संशोधन पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस