१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देव गुरुङको प्रश्न : एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् ।

उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।

‘संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरित हामी मान्दैनौ’, गुरुङले भने, ‘दलहरूको जस्ट सिफारिस मात्र हो ।’ महासचिव गुरुङले प्रश्न गर्दै एमाले पार्टी विशेषको राष्ट्रपति हुन नसक्ने पनि बताए ।

‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले कुनै दलले प्रस्ताव राख्न पाउने भए पनि कुनै दल विशेषलाई राष्ट्रपति बनाउन नसकिने बताए ।

जसले साझा सहमति जुट्न सक्ने पात्र अघि सार्छ, जसले राष्ट्रियता र संविधानको पक्षमा काम गर्छ र उसैलाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने महासचिव गुरुङको दाबी छ । उनले एमालेलाई धोका दिएको भन्ने कुरा पनि सत्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस