२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन 

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो ।

यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । उनको निवेदनमाथि शुक्रबार सुनुवाइ हुने छ ।

नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा जान पाउने छैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् ।

गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो ।

नेपालले यही फेब्रुअरी २७ देखि युएईमा त्रिदेशीय सिरिज खेल्ने छ । आइसिसी विश्वकप लिग-टू अन्तर्गत नेपालले युएईमा ४ खेल खेल्ने तालिका छ । नेपालमा भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउने क्रममा ४ खेलबाट १३ विकेट लिएका थिए । उनले सुरुका ३ खेलमा समान ३/३ विकेट र अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

नेपालले युएई भ्रमणका क्रममा आयोजक युएई र पपुवा न्यू गिनी (पीएनजी)सँग समान २/२ खेल खेल्नेछ । यसका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज बिहीबार १५ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।