२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवादमा आए काँग्रेस-एमाले सहकार्य हुन सक्छ : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा काँग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आज (शुक्रबार) पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले काँग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गरेका छन् । काँग्रेस–माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार काँग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरू सशङ्कित भएको उनको भनाइ थियो ।

मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रूपमा काँग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहे पनि काँग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए । आन्तरिक र बाह्य चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि काँग्रेस–एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले काँग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।

एमालेले सुरु गरेको ‘ग्रास रुट अभियान’ को तयारी स्वरूप एमाले पाँचथरले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाँचथर आइपुगेका हुन् ।