काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १४० रुपैयाँ ३२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ १६ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।








