काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
हाल दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दूधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।







