२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई सचेत गराउँछौँ’

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । 

मन्त्रालयका सचिवहरूसँग बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने, दुई महिनामा गर्ने, छ महिनामा गर्ने कामको पूर्व तयारी पेस गरी सम्पन्न भएपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिएको उपप्रधानमन्त्री  श्रेष्ठले बताए ।

नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रस्ट पारे ।

राष्ट्रको स्वाधीनताका लागि राष्ट्रिय एकता बनाउने, संविधानको रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी परिवर्तनलाई विस्तार गरेर सामाजिक आर्थिक विकासमा परिणत गराउन वर्तमान सरकार लागिपर्ने उनले बताए । 

“देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनौँ भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत समस्या सृजना हुनेछ”, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले भने, “सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनमैत्री समयसापेक्ष उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक  भइसकेको छ ।”