९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमार्ण कम्पनीको लापरबाही : ठेक्का म्याद ४ महिना बाँकी हुँदा प्रगति १० प्रतिशत

अ+ अ-

डोटी । डोटीको जोरायल गाउँपालिका अन्तरगत रहेको बुडर-जोरायल सडकको रिठा-चन्कट्टे खण्डमा ठेक्काम्याद सकिन ४ महिना मात्र बाकी रहँदा प्रगति १० प्रतिशत मात्रै भएको छ ।  

३ वर्षमा कार्य सम्पन्न हुने गरी २०७७ साल असार ३० गते सम्झौता भएको उक्त सडक खण्डमा हाल सम्म १० प्रतिशत मात्रै कार्य प्रगति हुँदा निमार्ण कम्पनीको लापरबाहीका कारणले कार्य हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७६/०७७ को बजेट मार्फत उक्त सडक खण्डको स्तरोन्नतीको काम ठेक्का सम्झौता भई निर्माण कम्पनी शर्मा-राजेन्द्र जेभीले सम्झौता भएकै दिन साइड र कार्यादेश पाएको थियो । उक्त सम्झौता अनुसारको म्याद ०८० असार २९ गते सम्पन्न हुँदैछ । काम भने १० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 

‘हाल सम्म वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ, भौतिक प्रगति पनि १०/१२ प्रतिशत नै होला कार्यालय प्रमुख नवराज रावलले भने, ‘अव तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’ उनले ठेकेदारको लापरबाहीकै कारण सडक स्तरोन्नतीको कार्य ढिलो भएको बताए । उनीले भने, ‘अहिले पनि काम सुरु भएको छैन, निर्माण कम्पनीले होली लगत्तै काम सुरु हुन्छ भनेको छ ।’ 

आफू कार्यालय प्रमुख भएर आएको एक महिना मात्रै भएको बताउँदै रावलले आउने बित्तिकै निर्माण कम्पनीलाई ढिलाइ हुनुको कारण बारे स्पष्टीकरण सोधेको जानकारी दिए । स्पष्टीकरणमा निर्माण कम्पनीले कोभिड महामारीका कारण निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गरेको रावलले बताए । उनी भन्छन् ‘होली लगत्तै काम सुरु गर्ने र तिव्र गतिमा निर्माण कार्य अगाडि बढाउने स्पष्टीकरण पत्रमा उल्लेख भएको छ, त्यसो भएन भने फेरी अन्य प्रक्रियामा जानु पर्ला ।’ 

निर्माण कम्पनी भने ठेक्का सम्झौताको म्यादभित्रै काम सम्पन्न हुने दाबी गर्छ । ‘विविध कारणले निर्माण कार्यमा केही ढिलाइ भएको हो’ निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट भन्छन् ‘तर असार मसान्त भित्रै हामी काम सम्पन्न गछौं ।’ उनले १० किलो मिटर मध्ये ८ किलोमिटरमा सबै काम भई सक्ने र बाँकी २ किलोमिटरमा विवाद भएका कारण अलि ढिलो हुने बताए । उनी सडकमा अहिले काम भइरहेको दाबी गर्छन् । उनले थपे ‘अहिले काम सुरु भइसकेको छ, होली लगत्तै थप जनशक्ति र उपकरण परिचालन हुन्छन् ।’ 

सडक निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि ठेकेदारले निर्माण कार्यमा ढिलाइ गरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट बताउँछन् । 

ठेक्का अन्तरगत नदी किनारमा निर्माण गर्नु पर्ने पर्खाल निर्माण नहुँदा स्थानीय वासीका घर समेत नदी कटानको जोखिममा परेका गाउँपालिकाका प्रवक्ता समेत रहेका भट्ट बताउँछन् । उनले भने ‘सम्झौता गरेर चुपचाप बसिराख्ने ठेकेदारलाई कानून बमोजिम कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस