१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोड ४० लाखमा तीन वटा खानेपानी आयोजना सुरु

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कूल एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिक स्थलमा एक सय आठ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रस्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।

‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,’ उनले भने, ‘संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’

यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कूल ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसङ्ख्या लाभान्वित हुनेछन् ।

४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ वटा धाराबाट १५९ जनसङ्ख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

दाना बजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जीर्ण हुँदा स्थानीय बासीलाई समस्या भएको थियो ।

सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।

गोर्खा वेल्फेयर ट्रस्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

हाल खानेपानी र सरसफाइको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पहुँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।

खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकायमार्फत निर्माणाधीन रहेका र मौजुदा सहित ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस