२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिले अर्थतन्त्रमा ज्वरो आएको छ  : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा दीर्घरोग रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा दीर्घरोग लागेको र त्यसको ठिक ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रमा हनहन ज्वरो आएको छ । तर, यो दुई–चार दिनमा निको हुने ज्वरो होइन । मौसम बदलिएर चिसो लागेर आएको ज्वरो पनि होइन ।’

विदेशी मुद्रा सञ्चिति अलिकति तलमाथि हुँदा तर्सनुपर्ने अवस्था छ । ‘यो आर्थिक वर्षका निम्ति चालू खर्च घटाउन के गर्ने, पुँजीगत खर्च बढाउन के गर्ने, मेरो उठ्ती नै कम भएको वेलामा कहाँ–कहाँ काटेर खर्च धान्ने प्रधानमन्त्रीले सोच्नुपर्छ,’ उनले भने ।

अर्थविद् डा। गोविन्द नेपालले देशले खर्चै धान्न नसक्ने चुनौतीको सामना गरिरहेको बताएका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारीलाई तलब बाँड्नेदेखि वृद्ध भत्ता बाँड्नसमेत स्रोतको समस्या रहेको औँल्याए ।

‘सरकारलाई आफ्नो खर्चै धान्न गाह्रो पर्ने देखिन्छ । वृद्ध भत्ता नै दिन सक्ने हो कि होइन ?’ उनले भने, ‘सरकारले यसलाई समाधान गर्छ भन्ने विश्वास छ ।’

उनले सार्वजनिक प्रशासनमा चेन अफ कमान्ड नै नभएकाले सरकारले दिने परिणाममै असर परेको समेत बताए ।