जनकपुरधाम । मधेस प्रदेश सरकारले अन्तर्राष्ट्रिय रामजानकी रङ्गशालालाई पूर्णता दिन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रङ्गशालाको बुधबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले दुई अर्ब दिने घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको एक अर्ब र मधेस सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रङ्गशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले जानकारी दिए ।
उनले देशकै सुविधा सम्पन्न नमुना रङ्गशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।