९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अ+ अ-

कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।

नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरूप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट तीव्ररूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् ।

सेती नदीबाट बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए । नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, ‘सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौँ ।’

सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधारलगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिकस्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोगसम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए ।

सुुरुआतमा सेती नदी बचाउ अभियानको कार्यक्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ । वडाहरूमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरू भएर वडास्तरीय समिति गठन गरिएको छ । सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका–१९ र माछापुच्छ्रे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनास बढेको भन्दै उत्खनन बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यही चैत ८ गते तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि समेत उत्खनन नरोकिएको भन्दै अभियन्ताहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सेती नदी र मर्दी नदी दोभान आसपास डोजर, एक्साभेटरलगायतका सामग्री प्रयोग गरी नदी दोहन भइरहेको भन्दै पौडेलले अदालतमा रिट निवेदन दिएका थिए । यसबीच सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा धर्मराज बाँस्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल (आचार्य) रहेका छन् भने सदस्यमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस